बिहानीको मन्द मन्द हावा चलेसँगै
हावाको माधुर्यताले बोलायो झैँ लाग्छ
हिमाल पारीबाट आवाज आए जस्तो
सुसेलीले मलाई कतै बोलायो झैँ लाग्छ
चराहरूको चिरबिर संगीत बजे जस्तै
नाँचौ कि म नाँचु म आफै जस्तै भा छ
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।
दोबाटोमा छन् कि कोही कुरि बस्ने मलाई
दोबाटोको आँखामा जीवन सजाउ झैँ भा छ
कोहिलीको आवाजले आफै झस्किए झैँ लाग्छ
थाहा छैन कसलाई हो कुन्नि कुरिरहे झैँ लाग्छ
पर पहाड कन्दराबाट कसैले बोलायो झैँ लाग्छ
कोही छन् कि मलाई बोलाउने यतै कतै जस्तै
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।।
केही छैन कारण फेरी नाँचु नाँचु झैँ भा छ
केही छैन कारण भेरी हाँसु हाँसु झैँ भा छ
आफ्नै भित्र आफूलाई जिस्काए झैँ लाग्छ
थाहा छैन किन हो किन लजाए झैँ लाग्छ
आफै भित्र कसैलाइ सजाए कि झैँ लाग्छ
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।।
यतै कतैबाट कसैले मलाइ हेरिरहे झै लाग्छ
त्यहि नजरलाइ आफैमा सजाँउ कि झैँ लाग्छ
थाहा छैन नजर कस्को आफ्नै हो झैँ लाग्छ
आफै भित्र कसैको अनुभूति भए जस्तो
आफू भित्रको केही चिज कसैले चोरे जस्तो
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।।
पर कतैबाट कसैले आवाज दिए झैं लाग्छ
यसै यसै आफै भित्र उमङ्ग छाएको जस्तो
कोही छन् कि बोलाउने जाउँ जाउँ लाग्छ
कोही छन् कि हसाउने हाँसु हाँसु लाग्छ
आशाहरु आफैमा भरिएको जस्तो लाग्छ
केहि त छन अनुभुति आफैभित्र जस्तो
यसै साथमा जीवन बिताउ जस्तो लाग्छ
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।।
जीवनको यो यात्रामा केही भेटेँ जस्तो
आफैलाई आफैसँग सजाउन मन लाग्छ
कोही छन् सुनिदिने केही सुनाउन मन छ
कोही छन् आउने भनि कुरिरहन मन छ
यही यस्तै आशामा जीवन जिउन मन छ
आज मलाई यस्तै अनौठो अनुभूति भा छ।