सिरहामा प्रभावशाली बन्दै नसामुक्त अभियान

लामो खोज र स्थलगत अनुसन्धानपछि बिएल नेपाली सेवाले सार्वजनिक गरेको एक रिपोर्टले प्रदेश दुईमा दुर्व्यसनको डरलाग्दो तस्वीर सार्वजनिक गर्यो। 

दुर्व्यसनको भुङ्ग्राेमा मधेश शिर्षकमा सार्वजनिक उक्त रिपोर्टको तथ्यांकले सरोकारवाला सबैको होस उडायो। 

यो मुद्धाले केन्द्र सरकारको प्रतिनिधिका रुपमा जिल्ला चलाइरहेका प्रमुख जिल्ला अधिकारीलाई बढी संवेदनशील बनाउने भयो नै। 

तर मुलभूत समस्या के भयो भने, दुर्व्यसनविरूद्ध कार्यक्रम चलाउन जिल्ला प्रशासन कार्यालयमा बजेटको अभाव थियो।

No description available.

तर, सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले एउटा जुक्ति निकाले, जे जसरी भएपनि दुर्व्यसनविरूद्ध अभियान सुरु गर्ने। 

उनले यसका लागि २९ औँ लागुऔषध तथा अन्तराष्ट्रिय लैंगिक हिंसाबिरुद्ध १६ दिने अभियानलाई सिरहामा नव युवामय बनाइदिए। 

दुर्व्यसनविरूद्ध उनले थालेको यो अभियानमा हाल सिरहाका गाउँगाउँबाट मात्र होइन, नेपाल–भारत सीमा नजिकैबाट पनि युवाहरू जुटेका छन्। 

No description available.कोरोना संक्रमणका कारण उनको यो अभियान प्रभावित नभएको भने होइन। तर, उनले हिम्मत हारेनन्। 

सरकारी कर्मचारी भएपनि समाज सुधारकको परिचय बनाएर अन्तराष्ट्रिय अवार्ड जितिसकेका कणेँललाई सामाजिक सञ्जालको प्रभावबारे राम्रो ज्ञान थियो। उनले यसलाई राम्रोसँग उपयोग गरे। 

नेपाल–भारत सीमा नजिकै लागुऔषध सेवनकर्ता र लागुऔषध व्यापारको व्यापक चलखेल हुन्छ भन्ने हेक्का उनलाई नहुने कुरै भएन। त्यसैले उनले दुर्व्यसनविरूद्ध अभियान सिरहाको माडर नजिकको लचका टोलबाट सुरु गरे। 

No description available.
 
त्यहाँ उनले लागुऔषध दुर्ब्यसनी तथा कारोवारीविरुद्द युवाको निगरानी समूह नै गठन गरेका छन्। ती समूहले सिट्ठी फुकेर दुर्व्यसनविरूद्धको अभियान थालेका छन्। सिटी बजाउनु भनेको सबैको ध्यान खिच्नु हो। यति मात्र होइन, अभियानको शंखघोष गर्नु पनि हो। 

‘हामी सबै युवाको  एउटै आवाज लागुऔषध तथा नसामुक्त हाम्रो समाज’ नारासहित सुरु भएको यो कार्यक्रम हाल उत्साहपूर्वक सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: : 2020-12-11 16:28:00

प्रतिकृया दिनुहोस्