ब्राजिलमा देखियो नयाँ भाइरस

कोरोनाको बढ्दो संक्रमणसँगै ब्राजिलमा अर्को खतरनाक भाइरस फेला परेको छ। 

केन्डिडा ओरिस फङ्गस नामक यो भाइरसका कारण थुप्रै औषधिले काम गर्न छाडेका छन्। 

यसको संक्रमण भएका व्यक्तिको निधनको सम्भावना ६० प्रतिशत रहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले हालै पुष्टी गरेको छ। 

गत सोमबार बाहिया राज्यको एउटा अस्पतालमा केन्डिडा ओरिस फङ्गस संक्रमणबाट जुधिरहेका एक संक्रमितलाई भर्ना गरिएको थियो। 

स्वास्थ्य मन्त्रालयले यो संक्रमणको विषयमा अध्ययन भइरहेको बताएको छ। 

यो संक्रमणको पहिलो मुद्धा जापानाम २००९ मा देखिएको थियो। २०१३ मा बेलायत, २०१६ मा अमेरिका हुँदै हाल ब्राजिलमा देखिएको बताइएको छ। 

अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीका अनुसार थुप्रै देशमा फङ्गसको गम्भीर समस्या देखिएको छ। 

यसमा संक्रमितको रगतमा पुगेर पुरै शरीरभरि फैलिने खतरा हुन्छ। रगत परीक्षणबाट यो संक्रमण पत्ता लाग्न सक्छ। यसले रगतमार्फत घाउ बनाउने र कानमा संक्रमण फैलिने खतरा हुन्छ। 

नयाँ रिपोर्टअनुसार पिसाब र नाकबाट पनि यसको स्याम्पल लिन सकिन्छ। चिकित्सकले रगतमा संक्रमण फैलिएको खण्डमा निधनको सम्भावना ३० देखि ६० प्रतिशतसम्म रहने बताएको छ।

प्रकाशित मिति: : 2020-12-11 06:32:00

प्रतिकृया दिनुहोस्