युरोपा लिग: आर्सनलको शतप्रतिशत जित

बिएल संवाददाता

काठमाडाै‌ं

आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । 

एभिभा स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो ।

आर्सनललाई जिताउन इडुआर्ड एनकेइट, मोहमेद इलाने, जोसेप विललक र फोलारिन बालोगनले गोल गरे। यता घरेलु टोलीका जोर्डन फ्लोरेस र सिन होआरेले गोल गरे ।

खेलको १२औं मिनेटमा इडुआर्डले गाेल गरे।यता  १८औं मिनेटमा मोहमद इलानेले गोल गर्दा अग्रता २–० बनाए।

२२औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत देखाए।

 ६७औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई पुन: ३–१ काे अग्रता दिलाए।

८०औं मिनेटमा फोलारिनले गोल गरेपछि आर्सनले खेलमा ४–१ को अग्रता बनायो। 

खेल सकिन ५ मिनेट बाँकी रहँदा सिन होआरेले गोल गरेपनि घरेलु टोली ४–२लर् पराजित भयाे। 

जितसँगै आर्सनल शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थानमा रह्यो । मोल्दे १० अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेकाे छ।

रापिड वेन ७ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन छ।

प्रकाशित मिति: : 2020-12-11 07:41:00

प्रतिकृया दिनुहोस्