पप गायक तथा हिन्दी सिनेमाकी सफल नायिका प्रियंका चोपडाका पति निक जोन्सन आफ्नी पत्नीको साथ ‘टेक्स्ट फर यु’मा अथिती भूमिकामा देखिने भएका छन्।
हालै लण्डनमा यो सिनेमाको सुटिङको तस्वीर डेलिमेलले प्रकाशित गरे पछि यो खबर सार्बजनिक भएको हो।
जेम्स स्ट्रासेद्वारा निर्देशित र लिखित सोफी क्रमरको उपन्यासमा आधारित जर्मन भाषाको सिनेमा ‘एसएसएस फर डिच’को अंग्रेजी रिमेक हो।
यो सिनेमामा स्याम हेघन, सेलिना डियोन, रसल टोभे आदिको पनि महत्वपूर्ण भूमिका रहनेछ।