सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ९६२ जनाको नमूना परीक्षण गरिदा २६९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेलधुरा र डोटी जिल्लाका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
दुई दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल सङ्क्रमित १२ हजार १४४ पुगेका छन्। उपचार व्यवस्थापनपछि नौ हजार ९४१ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका ६५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेशमा अहिलेसम्म ४३ जना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ।
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ। प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २३ हजार २२२ को नमूना सङ्कलन गरिएकोमा एक लाख २२ हजार ६६४ को परीक्षण गरिएको छ। परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को चार दबमलब ८० प्रतिशत हुन आउछ।
यस्तै कोरोना महामारीका कारण सबैभन्दा बढी असोज र कात्तिकमा प्रभावित भएको र सो समयमा बीमा कम्पनीमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको थियो। उक्त अवधिको दाबी भुक्तानीका लागि मङ्सिर महिनामा सबैभन्दा बढी चाप परेको छ।
यो चाप कम भएपछि नियमित तवरले भुक्तानी हुने समितिले जनाएको छ। कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारकोे भएकाले यसको लेखा परीक्षण महालेखाले गर्ने भएकाले बीमा मापदण्डअनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनुपर्दा समय लाग्न गएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ। समितिले बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा स्थलगत निरीक्षण गरेको र समस्या तथा समाधानका उपायसमेत पत्ता लगाएका कारण थप सहज हुने उल्लेख गरेको छ। रासस