सगरमाथाको नयाँ उचाइले औँला गुमाएको पीडा बिर्सायो

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

नेपाललाई हिमालै हिमालको देश भनेर चिनिन्छ। अझ विदेशीले सगरमाथाको देश भनेर चिन्छन्। त्यही सगरमाथाको उचाइ अहिले बढेर ८८४८.८६ मिटर कायम भएको छ। चीन र नेपाल सरकारको संयुक्त टोलीले नयाँ उचाइको घोषणा पनि गरिसकेका छन्।

नेपालको तर्फबाट सगरमाथाको उचाइ मापन गर्न चार जनाको टोली २०७५ चैत २७ मा गएको थियो। त्यसै टोलीमा थिए खिमलाल गौतम। उनी निजामती कर्मचारीका रूपमा नापी विभागमा १८ वर्षदेखि कार्यरत छन्। गौतम सहभागी टोलीले नै सगरमाथाको नयाँ उचाइ मापन गरेको थियो।

गौतमसहितको टोलीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूमिसुधार मन्त्री पद्‍मा अर्यालले प्रमाणपत्रसहित सम्मान गरेका थिए। मंगलबार सगरमाथाको  नयाँ उचाइ घोषणा कार्यक्रममा त्यहीँ थिए गौतम।

एक वर्षअगाडि गौतमसँगै  सर्भेयर रविन सिंह कार्की, सुरज सिंह भण्डारी र अमिन युवराज धिताल तथा नेपाल माउन्टेन एकेडेमीको प्रशिक्षक छिरिङजाङ्बु शेर्पा आरोहणको तयारीमा जुटे। करिब एक वर्षको प्रशिक्षण र तयारीपछि २७ चैत ०७५ मा आरोहण दल अघि बढेको थियो।

प्रकाशित मिति: : 2020-12-09 15:29:00

प्रतिकृया दिनुहोस्