विराटनगरमा भन्सार छलेर ल्याएको करिब २ लाख मूल्यको थर्मकोट प्रहरीले बरामद गरेको छ।
विराटनगर महानगरपालिका १७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको अन्दाजी २ लाख रुपैयाँ थर्मकोट १४७ सेट बरामद गरेको मोरङले जानकाएको छ।
भन्सार छलेर ल्याइएको उक्त सामान कारवाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।