भन्सार छलिको सामानसहित वीरगञ्जकी एक महिला पक्राउ

बारा प्रहरीले भन्सार छलिको सामानसहित वीरगञ्जकी एक महिलालाई पक्राउ गरेको छ l 

जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरीको टोलीले जिल्लाको जितपूरसिमरा उप-महानगरपालिका २ स्थित सिमरा चोकमा सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएकाे हाे।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ छपकैया बस्ने ३२ बर्षीय रूवी खातून रहेका छन्।

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना ३ ख ७५४९ नम्बरको यात्रु बाहक बसमा भन्सार छलिको सामन लुकाईछिपाई लैजाँदै गर्दा उनलाई पक्राउ गरिएकाे जनाइएकाे छ।

 खातूनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पठलैया पठाइएको बारा प्रहरीले जनाएको छ l

प्रकाशित मिति: : 2020-12-08 19:30:00

प्रतिकृया दिनुहोस्