सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको निधन भएको छ।

७९ वर्षको उमेरमा उनकाे सोमबार आफ्नै निवासमा निधन भएको हो। 

बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए।

उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए।

सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए। 

उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए 

प्रकाशित मिति: : 2020-12-08 12:51:00

प्रतिकृया दिनुहोस्