शनिबार, १२ जुलाई २०२५

लोकप्रिय गीत ‘जोलेन’लाई बियोन्सेले कभर गरेर आफू खुशी बनाउने

News Image
• • •

गायिका डली पार्टनले आफ्नो लोकप्रिय गीत ‘जोलेन’लाई बियोन्सेले कभर गरेर आफू खुशी बनाउने बताएकी छिन्।

कुनै लोकप्रिय गीतलाई पुनः अर्को गायकले गाउनुलाई संगीतको भाषामा ‘कभर’ गर्ने र त्यो गीतलाई कभर संग्स भनिन्छ। 

हालै बिग इस्स्यु नामक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नो त्यो गीत हालसम्म चार सय विभिन्न देशका गायकहरुले गाइसकेको बताएकी छिन्। 

उनी अगाडी भन्छिन् ‘जुन दिन बियोन्सेले यो गीत गाउने छिन् त्यो दिन म सबैभन्दा बढी खुशी हुने छु।’ 

१९ जनवरी १९४६ को दिन लकस्ट रिज, टेनेसीमा जन्मेकी पार्टन अभिनेत्री, कुशल बाध्यबादक, गीतकार, ब्यापारी र समाजसेवी पनि हुन्।

उनका केही लोकप्रिय गीतहरुमा जोलेन, आइ विल अलवेज लभ यू, लभ इज लाइक अ बटर फ्लाई आदि छन्।

उनले अभिनय गरेका सिनेमाहरुमा जोयफुल न्वाइज, राइन स्टोन, फर द लभ अफ डली, द बुक लेडी आदि रहेका छन्।

उनले हालै कोभिड–१९ को लागि मात्र एक सय मिलियन डलर सरकारलाई चन्दा दिएकी छिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?