लोकतन्त्रका खम्बामा खिया

http://annapurnapost.com/news/171248

नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस ग्रामीण क्षेत्रमै बसोवास गर्छन्। त्यसैले भनिएको होला नेपाल गाउँ नै गाउँ भएको देश हो भनेर। भूगोलको दृष्टिकोणबाट हेर्दा पनि अधिकांश भूभाग ग्रामीण क्षेत्रमै पर्छ। ग्रामीण क्षेत्रले धेरै जनसंख्या र भूभाग मात्र ओगटेको छैन, नेपालको भविष्य निर्माणको पूर्वाधार पनि ओगटेको छ यस क्षेत्रले। ग्रामीण क्षेत्र प्राकृतिक स्रोत साधनले पनि धनी र सबल छ।

स्पष्ट शब्दमा भन्दा देश विकासको मुख्य मेरुदण्ड नै ग्रामीण भेगमा रहेको तमाम अग्रज तथा बुद्धिजीवीलाई जानकारी भएकै विषय हो। सांस्कृतिक रूपमा पनि यो क्षेत्र सबल र सक्षम छ। हरेक व्यक्तिमा भाइचाराको सम्बन्ध हुनु नै एक ज्वलन्त उदाहरण हो। सबैमा आत्मीयताको सम्बन्छ छ, चाहे त्यो धनी होस् या गरिब। ‘अतिथि देवो भव’ र ‘वसुधैव कुटुम्बकम्’ भन्ने भावलाई मुल मन्त्र मान्ने यी तमाम गाउँलेमा वर्तमान अवस्थामा पनि संस्कृतिप्रति उत्तिकै झुकाव छ जति विगतमा थियो। यी यावत् कुराले दर्शाउँछ ग्रामीण क्षेत्रको सत्यताको पहिचान जो आफैं स्वच्छ छ। तर यथार्थ भने फरक रहेको छ ग्रामीण क्षेत्रमा बसोवास गर्ने आम सर्वसाधारणको।

अनौठो लाग्न सक्छ– कसैले तपाईंहरूलाई भन्यो हाम्रो गाउँ सदरमुकामभन्दा जम्मा ४० वा ५० किमि दूरीमा छ तर यहाँ सदरमुकाम रहेको जस्तो सेवा र सुविधा छैन। अर्थात् भौतिक पूर्वाधारको दीर्घकालीन विकास जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा नभई केवल विकास विनाशका लागि मात्र हुँदै आइरहेको छ। भौतिक पूर्वधारको दीर्घकालीन विकास हुनुपर्ने थियो तर त्यो भएको छैन। उदाहरणका रूपमा लिन सक्छौं– नेपालको स्वस्थ्य, शिक्षा, विद्युत्, यातायात, स्वच्छ पिउने पानी आदिमा कति प्रतिशत ग्रामीण भेगका मानिसको पहुँच छ !

प्रकाशित मिति: : 2020-12-07 10:57:00

प्रतिकृया दिनुहोस्