इटालीमा एकै दिन ९९३ जनाको निधन, क्रिसमस र नयाँ वर्षमा कडाईं

इटालीमा क्रिसमसको दिन पनि प्रतिबन्ध कायम रहने पक्का भएको छ।

इटालीमा बिहीबार मात्र एकै दिन ९ सय ९३ जनाको कोरोनाका कारण निधन भएपछि अस्पतालको अवस्था दयनीय बनेको छ। 

इटालीका प्रधानमन्त्री गिसेप कोन्टेले भने, ‘क्रिसमस र नयाँ वर्षमा मध्य राती पार्टी यसपालि हुने छैन। एउटा सहरबाट अर्को सहरको यात्रा गर्न रोक लगाइएको छ।’ 

उनले कोरोना महामारी सुरु भएयता बिहीबार एकै दिन सबैभन्दा बढी मानिस मरेको जानकारी दिए।

‘हामी कुनै किसिमको सुविधा दिने पक्षमा छैनौं। नयाँ प्रतिबन्धको नियमअनुसार कामदारलाई मात्र यताउती हिँडडुल गर्ने स्वीकृति प्रदान गरिएको छ।’

प्रकाशित मिति: : 2020-12-04 11:52:00

प्रतिकृया दिनुहोस्