आर्सनलको शानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

 शीर्ष स्थानमा रहेकाे आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ। 

समूह चरण अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले र्‍यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो।

आर्सनलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरी एक गोल खाएको थियाे।

आर्सनलका लागि एलेक्सान्डर लाकाजेटीले १० औँ मिनेटमा अग्रता दिलाए। 

यता  पाब्लो मारीले १८ औँ मिनेटमा अग्रता दाेब्बर बनाए। 

यस्तै एड्डी एनकेटियाले ४४ औँ मिनेटमा गोल गर्दै खेल ३–० मा पुर्‍याए। 

तर, भिएनाका लागि मितागवाले ४७ औँ मिनेटमा एक गोल फर्काए।

६६ औँ मिनेटमा स्मीथ रोवेले गोल गरेपछि आर्सनलको ४–१ को जित निश्चित भएको हो।

लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंकसहित समूहको शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-04 07:21:00

प्रतिकृया दिनुहोस्