‘एउटा हात नभएर के भो!, भक्तपुरका सुनिल भन्छन्– सवलाङ्गभन्दा कम छुइनँ’

आयोमेल

काठमाडौँ

रेणु त्वानाबासु

अचल एक जोसमा अकालमै ज्यान गुमाउने युवा सयौं छन्। कोही आफ्नो प्रेमीकाले छोड्यो भनेर, कोही एउटा मोबाइल किनिदिएन भनेर त कोही के भनेर आत्महत्या जस्ता डरलाग्दा कदम चाल्ने गर्छन्।

यस्तै सन्दर्भबीच उदाहरण बनेको छन् छन् भक्तपुरका सुनिल कोजु। उनी ‘अपाङ्ग’ छन्। उनको एउटा हात छैन। तर पनि भक्तपुर आर्दशस्थित सिद्दि स्मिृति महिला तथा बाल अस्पतालमा फार्मेसी इन्चार्ज भएर काम गरिरहेका छन्। उनले आठ वर्षको उमेरमा बायाँ हात गुमाएका थिए।

यदि कसैको हातमा सानो एउटा चोट लागे कति पीडा हुन्छ? एउटा हात गुमाएर पनि राम्रो जीवन बिताइरहेका छन् भक्तपुर झौखेलका २९ वर्षीय सुनिल। 

‘मानिसलाई शरीरका सबै अंग अतिआवश्यक र महत्वपूर्ण लाग्छन् तर त्यो भन्दैमा आपूmसँग भएकालाई पनि बेवास्ता गर्नुहुँदैन,’ सुनिल भन्छन्।

उनको जस्तो पीडा सवलाङ्गले महसुस गर्न सक्दैनन्। यदि दायाँ हातमा घाउ भयो भने सवलाङ्गले दायाँ हात प्रयोग गर्छ तर सुनिलसँग त्यो सुविधा छैन। किनकि, २०५८ सालमा खेत जोेत्ने ट्याक्टरका कारण उनले बायाँ हात गुमाएका थिए। 

त्यो घटनापछि उनलाई बिएन्डबी अस्पताल भर्ना गरियो। भर्ना भएको लगभग १२ दिन उनी अचेत थिए। होसमा आउँदा उनको बायाँ हात थिएन। 
‘सायद, त्यो बेला बच्चा भएर होला त्यस्तो केही लागेन, अलि दुःख लाग्यो,’ उनले भने। 

प्रकाशित मिति: : 2020-12-03 19:26:00

प्रतिकृया दिनुहोस्