वीरगञ्जमा दिन दहाडै आठ लाख रुपैँया लुटियाे

पर्साको वीरगञ्जमा दिन दहाडै आठ लाख रुपैँया लुटिएको छ।

वीरगञ्जको लिंगरोडमा रहेको माछापुच्छ्रे बैंक अगाडीबाट आठ लाख रुपैँया लुटिएको हो। 

आइतबार दिउँसो साढे ११ बजेतिर ८ लाख रुपैयाँ लुटेर दुई व्यक्ति फरार भएको पर्सा प्रहरीले जनाएको छ। 

मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्तिले वीरगञ्जको लिंकरोडस्थित बैंकमा जम्मा गर्न गइरहेको अवस्थामा झोलामा रहेको रकम लुटेर लगेको प्रहरीले जनाएको छ। 

वीरगञ्जको माइस्थानमा कपडाको पसल सञ्चालन गरेर बसेका कृष्णप्रसाद साहका स्टाफ मुकुन्द पटेलले ब्यागमा राखेर बैंकमा जम्मा गर्न लैजाँदै गरेको पैसा लुटिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए। 

मोटरसाइकलको नम्बर र लुटेराहरुको पहिचान भने अहिलेपनि खुल्न सकेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पुरीले बताए।
 

प्रकाशित मिति: : 2020-11-30 09:40:00

प्रतिकृया दिनुहोस्