पर्सामा दुई बालिका बलात्कृत

पर्सामा दुई बलात्कारको घटना सार्वजनिक भएको छ।

पर्साको बिन्दवासिनी गाउँपालिका र सखुवापरसौनी गाउँपालिकामा दुई बलात्कारको घटना घटेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

गत शुक्रबार जिल्लाको सखुवाप्रसौनी २ का सुवास महतो थारुकी ४ वर्षीय छोरीलाई करणी गरेको आरोपमा स्थानीय देशशंकर चौधरीलाई नियन्त्रणमा लिएकाे छ।

 जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर कुशल बर्तौलाका अनुसार नातामा काका पर्ने १९ वर्षीय देशशंकरले शुक्रबार बिहान १० बजे खेलिरहेकी बालिकालाई बल्तकार गरेका थिए। 

उनलाई नरिवल दिने प्रलोभन देखाई आफ्नै घरमा लगेर बल्तकार गरेकाे पीडित बालिकाका बुबाले बताए।

त्यसैगरी पर्साकी विन्दवासिनी गाउँपालिका ४ को अमरपट्टिमा पनि ६ वर्षीय बालिकालाई करणी गरेकाे आरोपमा स्थानीय २९ वर्षका उमेश ठाकुरलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

आरोपी दुबैमाथि जबरजस्ती करणी मुद्धा दर्ता भइसकेको इस्पेक्टर बर्तौलाले बताए। 

दुवै बालिकाहरुको स्वास्थ्य परिक्षण भइसकेको र परिवाजनको जिम्मा लगाइएको समेत उनले बताए।

उनका अनुसार दुबै बालिकाको स्वास्थ्य अवस्था सामान्य छ।

प्रकाशित मिति: : 2020-11-29 16:12:00

प्रतिकृया दिनुहोस्