सिमरामा रहेको जगदम्बा स्टीलकाे पुरानो भट्टि विस्फाेट, २ भारतीयसहित ४ कामदार घाइते

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गत सिमरामा रहेको जगदम्बा स्टीलमा फलाम गलाउने भट्टि पडकिदाँदा २ भारतीयसहित ४ जना कामदार  घाइते भएका छन्।

शनिबार बिहान पौने १ बजे फलाम गलाउने भट्टि पडकिदाँदा २  भारतीय र दुई जना नेपाली कामदार घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सर्लाही सख्रौल गाउँपालिका ६ का ४० वर्षीय विकेन्द्र यादव रहेका छन्।

उनको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ। हाल उनको उपचार अहिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भइरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले जानकारी गराएका छन्।

उनका अनुसार सर्लाहीकै बरहथवा नपा ५ का २८ वर्षीय मुकेश साह समान्य घाइते भएका छन्।

त्यसैगरी, भारत विहार मोतिहारीका २६ वर्षीय नइमुीन आलम, शिवान जिल्ला का ४५ वर्षीय जनकदेव यादव पनि घाइते भएको छ।

बाँकी तीन जनाको तराई अस्पताल सिमरा र वीरगञ्ज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीमा उपचार भइरहेको छ।

प्रहरी स्रोतका अनुसार उद्योगको फलाम गालाउने भट्टि पुरानो भएर उच्च तापक्रमको कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2020-11-28 12:27:00

प्रतिकृया दिनुहोस्