बमका पिता मोहसेन फाखरिादेहको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा परि गम्भीर घाइते भएका इरानका वरिष्ठ परमाणु वैज्ञानिकको मृत्यु भएको छ। 

मोहसेन फाखरिदेहको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको रक्षा मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार राजधानी तेहरान नजिकै भएकाे आक्रमणमा फाखरिदेह घाइते भएका थिए।

 पश्चिमा गुप्तचरहरुले इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका उनीमाथि आक्रमण हुनुलाई आतंकवादको शंज्ञा दिइएकाे छ।

उनलाई इरानी बमको पिताका रुपमा चिनिने गरिन्छ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन्।

प्रकाशित मिति: : 2020-11-28 07:25:00

प्रतिकृया दिनुहोस्