कंगनाको बंगला तोडफोड गैरकानुनीः मुम्बई उच्च अदालत

मुम्बई उच्च अदालतले अभिनेत्री कंगाना रनौटको मुम्बईस्थित बंगलामाथि तोडफोड गर्ने मुम्बई नगर निगमको कार्वाही गलत भएको ठहर गरेको छ। 

शुक्रबार उच्च अदालतले नागरिकमाथि हुने ‘मसल पावर’ प्रयोगलाई स्विकृति प्रदान नगर्ने बताएको छ। 

मुम्बई नगर निगमले ९ डिसेम्बरमा कंगनाको पाली हिलस्थित बंगलामा बनेको कार्यालय तोडफोड गरेको थियो। 

कंगनाले यसविरूद्ध दुई करोड क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्धा दायर गरेकी थिइन्। 

उच्च अदालतले तोडफोडमा भएको नोक्सानीको निरीक्षणका लागि सर्वे टोलीको नियुक्ति गरेको छ। टोलीले मार्च २०२१ सम्म रिपोर्ट उपलब्ध गराउने छ। 

मुम्बई नगर निगमले अदालतको ‘स्टे’ हुनुपूर्व बिहानै कंगनाको ४० प्रतिशत भवन ध्वस्त पारेको थियो। 

अदालतको निर्णयलाई कंगनाले लोकतन्त्रको जित भनेकी छिन्। महाराष्ट्र सरकारको विरोध गरेको आरोपमा कंगनाविरूद्ध स्थानीय सरकार निकै आक्रामक बन्दै आएको छ।

प्रकाशित मिति: : 2020-11-27 20:32:00

प्रतिकृया दिनुहोस्