विख्यात अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीरको अन्तिम दर्शन गर्न बाटोमा उभिएका समर्थकबीच झगडा भएको छ।
बिहीबार राजधानी ब्युनोज आयार्सस्थित हजारौंको संख्यामा बाटोमा उभिएका समर्थक उनको अन्तिम दर्शन गर्न बाटोमा उभिएका थिए।
तर, कासा रोसाडा गर्भनर हाउसबाट निकालिएको उनको पार्थिव शरीरलाई हेर्न बाटोमा तछाड–मछाड हुँदा थुप्रै समर्थक घाइते भएका छन्।
म्याराडोनाको अन्तिम यात्रामा सहभागी उनका समर्थक र अर्जेन्टिनी प्रहरीबीच झगडा भएको थियो।
म्याराडोनाको निधन गत बुधबार ह्दयघातका कारण ६० वर्षमा भएको थियो। उनको दुई साताअघि टाउकोको सर्जरी भएको थियो।