पहिलोपल्ट ओस्कारको लागि सुडानमा बनेकाे चलचित्रले भर्याे नामकरण पत्र

‘यु विल डाइ एट ट्वान्टी’का निर्माता अमजद अबु अलालाले सन् २०२१ को एकेडेमी अवार्ड अर्थात् ओस्कारको लागि अन्तराष्ट्रिय फिचर फिल्मको श्रेणीको लागि नामकरण पत्र भरेका छन्।

अफ्रिकी देश सुडानको अरबी भाषामा निर्माण भएको चलचित्रको पहिलो पटक नामकरणका लागि पत्र भरेका हुन्।

सुडानमा हालसम्म केवल आठवटा मात्र फिचर सिनेमा निर्माण भएका छन्।

यसको निर्माण संस्थाले आफ्नो चलचित्रलाई अन्तराष्ट्रिय मञ्चमा स्थापित गर्न यो नामकरण पत्र भरिएको बताइएको छ।

गएको वर्ष भएको वेनिस फिल्म फेस्टिवलमा पनि ‘द लायन आँफ द फ्यूचर’ पुरस्कारू प्राप्त गरिसकेको यो चलचित्रले ‘एल–गौना फिल्म फेस्टिवल’मा पनि पुरस्कार प्राप्त गरिसकेको छ। 

कोरोना महामारीको कारण यो वर्ष स्थगित भएको यो पुरस्कार समारोह अर्को वर्षको अप्रिलमा आयोजना हुनेछ।   

प्रकाशित मिति: : 2020-11-23 10:30:00

प्रतिकृया दिनुहोस्