दलित बालबालिकासँग शिक्षाबारे अन्तरक्रिया कार्यक्रम 

बिएल संवाददाता

पर्सा , महुवन 

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ५, महुवनमा दलित बालबालिकासँग शिक्षाको बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ। 

अन्तर्राष्ट्रिय बाल दिवस २०२० को अवसरमा पिसफोर दलित फाउन्डेसन नेपालको आयोजना तथा सिसिबिएन नेपालको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो।

दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि दलित बालबालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिएको पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज रामले जानकारी दिए। 

दलित बालबालिकालाई शिक्षाको महत्त्व, विद्यालय टिकाउको लागि के कसरी गर्ने, दलित समुदायमा शिक्षाको अभियान गर्ने, दलित बालबालिकालाई उच्च शिक्षा सम्म कसरी पुर्याउने बारे छलफल गरिएको उनले जानकारी दिए। 

कोरोना भाईरस बाट बच्नको लागि नेपालभरि लकडाउनको अवस्था रहेकोे छ। नेपाल भरीको विद्यालय बन्द रहेको अवस्था छ। विद्यालय बन्द रहेकोले सबै बालबालिका पढ्न पाइरहेका छैनन्।

जसमध्ये दलित बालबालिकाहरु पनि धेरै प्रभावित रहेका छ्न। दलित बालबालिका लकडाउनको कारणले पढाइमा खासै ध्यान नदिएको समस्या छ। घरमै पढने मनसाय पनि नरहेको छ। 

पढ्ने इच्छा भएको दलित बालबालिकाको आर्थिक अवस्था कमजोर र अभिभावकको कमाई नभएकोले कापी कलम पनि किन्न नसक्ने दलित बालबालिकाको भनाइ रहेको छ। 

कोरोनाबाट बच्नको लागि यो अन्तरक्रिया कार्यक्रम २ चरणमा सञ्चालन गरिएको छ। 

प्रत्येक सहभागिताले मास्कको प्रयोग गरेको छन् र सामाजिक दुरी कायम गरिएको छ। पहिलो चरणमा ५५ जनाको सहभागिता रहेको छ। 

दोस्रो चरणमा ५६ जनाको सहभागिता रहेको छ। यस कार्यक्रममा जम्मा १११ जनाको सहभागिता रहेको छ। 

प्रकाशित मिति: : 2020-11-19 12:47:00

प्रतिकृया दिनुहोस्