सरकारी कार्यालयका चर्पी किन फोहोर ?

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

अजय दीक्षित
कर्णाली नदी किनारको राकम पुग्दा झमक्कै साँझ पर्‍यो। सन्दर्भ थियो, तेस्रो नदी शिखर सम्मेलन। आयोजकले तोकिदिएको पालमा सामान राखेपछि व्यवस्थापकलाई सोधें, “प्राकृतिक आवश्यकता पूरा गर्ने ठाउँ कता हो ?” टाँगिएका पालदेखि केही पर लहरै प्लाष्टिकका कोठा बनाइएका थिए, शौच र स्नानस्थल। तीन दिनसम्म महिला, पुरुष, विदेशी, वर्तमान र पूर्वमन्त्रीहरू नित्यकर्मका लागि त्यता पुग्थे। प्लाष्टिकका कोठाभित्र टुक्रुक्क बस्नु पर्ने प्यान थिए।

सयौं वर्ष पहिले दिसा यत्रतत्र गरिन्थ्यो। विस्तारै चर्पीको प्रयोग, प्रशोधन गर्ने प्रविधिको विकास भयो, पश्चिमा मुलुकहरूमा। हाम्रोतिर खेत, बारी, खोलाकिनार, वनतिर जाने व्यवहार चल्यो, चर्पीको प्रयोग गरिंदैनथ्यो। हाम्रो पुस्ता खाल्डो चर्पी, प्यान हुँदै कमोडमा आइपुगेको छ। हाम्रा नाति–नातिनाको पुस्ता ‘पट्टी’ व्यवहार सिकेर हुर्कंदैछ।

अब त नेपालमा थुप्रै खुला दिसामुक्त क्षेत्र छन्। धेरैले चर्पी प्रयोग गर्छन्, तर शतप्रतिशत भइसकेको छैन। थप मिहिनेत गरे यो हासिल गर्न गाह्रो पनि छैन। तर, हाम्रा सार्वजनिक संस्थाहरूमा चर्पी व्यवस्था छरपस्ट छ, शौचालय कता छ खोज्नै पर्दैन, गन्धले निर्देशित गर्छ।

गएको महीना एउटा कार्यक्रममा नेपाली समाजलाई सूक्ष्म रूपले हेर्ने गरेका विश्लेषकले तर्क गरे, “त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक स्तरोन्नतिका लागि अध्ययन, शिक्षण, अनुसन्धानका साथै पानी, धारा र चर्पीको पनि उचित व्यवस्थापन गर्नुपर्छ।” सो नहुँदा महिला विद्यार्थी, अध्येता र शिक्षकहरू मर्कामा परेका थुप्रै अनुभव छन्।

नीति र अनुसन्धानबारे लेखिएको पुस्तक विमोचन कार्यक्रम थियो, मेरा विदेशी मित्र आत्तिंदै मकहाँ आए र भने, “लौ एक जना महानुभाव ‘नन्सेन्स’ भन्दै बाहिर लाग्नुभयो है।” बाहिर लागेका बन्धुसँग परिचय थियो, मैले उनलाई छलफलमा फर्कन अनुरोध गरें र भनें “आफ्नो भनाइ राखे भइहाल्यो नि !”
 

प्रकाशित मिति: : 2020-11-19 11:55:00

प्रतिकृया दिनुहोस्