हे छठी माता..!

तिहार लगतै छठ पूजाको उत्सव धुमधामका साथ सुरु हुन्छ। वास्तवमा छठ उत्सवको रूपमा मात्र नभइ, कठिन ब्रत र उपवासपूर्वक गरिने तपस्या पनि हो। चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यको साथ छठी माताको भक्तिपूर्ण अराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।

हिन्दु रितिका अनेक ब्रत र पर्व मध्ये केहीमा फलाहार गरेर बसिन्छ, केहीमा एक वा दुबै छाक उपवास गर्दा ब्रत सफल हुन्छ। केही ब्रतमा ब्रतालुले पानी सम्म नखाएर उपवास गर्छन। खरनाको दिन एक छाक उपवास गरेर नुन नहालेको खाना (रसियाव–रोटी) खाएर सुरु हुने ‘छठ’ मा बा“की समय अठचालीस घण्टा अन्न पानी नखाएर उपवास गरी पूरा गर्ने बिधान रहेको छ। 

छठ पूजाको विशेषता अस्ताउँदो सूर्यलाई समेत अघ्र्यदान दिनु पनि हो। यसमा मानिसले केवल उदाउँदो सूर्यलाई पूजा गर्दैनन् बरु अस्ताउँदो सूर्यलाई पनि उचित तथा समान पूजा र सम्मान गर्दछन्। यसलाई वास्तवमा पराक्रमको मात्र यशोपूजन नभएर, असफलताको पनि सम्मान गरिएको प्रतीकको रूपमा लिँदा हुन्छ। 

मानव वा अन्य मानवेत्तर जगत्मा पनि सफलता र असफलता सम्भव प्रायः कुरा हो। छठ पर्व अब तराईका गाउँमा मात्र सिमित रहेन्। तराईका गाउँ, शहर हँुदै पहाडी क्षेत्रका मानिसमा र भित्री पहाडी(भित्री मधेश) सम्म यसको बिस्तार भइरहेको सुखद स्थिति रहेको पाइन्छ। 
                      
कात्र्तिक महिनाको शुक्ल चौठ(चौथ) तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन बिधिपूर्वक नुहाएर खाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘नहाए–खाएके दिन’ भन्दछन्। यस दिन ब्रतालूले नुहाएर पवित्र भई शुद्ध सात्विक भोजनमा अगहनी चामलको भात, अरहर वा चनाको दाल र लौकाको तरकारी खाने चलन छ। 

भोजनमा मांशाहार तथा लसुन र प्याज वर्जित हुन्छ। पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा आ“पको दाउरा बालेर अगहनीको चामलमा गुड (चाकू) हालेर ‘रसियाव’ तथा विशेष रूपले चोखो पारिएको गहुँको पिठोको रोटी पकाइन्छ। ‘रसियाव रोटी’लाई अक्षता, सिन्दूरले पूजा गरि दिउँसोभरि निराहार बसेका ब्रतालू अग्नी तथा गाईलाई अग्रासन (पहिलो अंश) दिएपछि खान्छन्। यसलाई प्रसादको रूपमा घरपरिवारका सदस्यले खाने र जसको घरमा छठपुजा भएको हुदैन त्यसलाई प्रसादस्वरुप बाँड्ने पनि गरिन्छ। 

विवाहिताले नाकको टुप्पोदेखि निधार हुँदै पूरा सिउँदोभरि सिन्दूरको लेप लगाएका हुन्छन्। यस प्रकार निधारमा सिन्दुर धारण गर्नुमा ‘अहिवात’ (सधवा आइमाइको सौभाग्य) यस प्रकारले नै लामो हुन्छ भन्ने जनविश्वास रहेको छ।  

षष्ठीको दिन ब्रतालू पूर्णरुपेण निराहार बसि साँझपख छठी घाट भनिने जलासय वा नदीको किनारमा गइ ‘सिरसोप्ता’ (छठी माताको कुनै मूर्ति वा तस्विर हालसम्म कुनै पनि धर्म ग्रन्थमा प्राप्त भइ नसकेको हुनाले छठी घाटमा माटोको ‘पिरामिड’ आकारको आकृतिको रचना गरिन्छ जसलाइ भोजपुरी भाषामा सिरसोप्ता भन्दछन्) माताको पुजाआजा गरि अस्ताउँदां सूर्यलाई पश्चिमाभिमुख भई अघ्र्यदान गर्छन्। (मन्त्रः–आदिदेव नमस्तुभ्यं प्रसीद मम् भास्कर। दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तु ते) अघ्र्यदान दिइ पुनः सिरसोप्तालाई पूजा गरेर घर फर्किन्छन।
    
भाकल गरेका ब्रतालू रात्रिमा घरको आँगनमा ‘कोसी भर्ने’ गर्छन्। कोसीमा सात वा नौवटा उखु टुप्पातिर बाट एकै ठाउँमा बा“धेर जरोलाई फैलाएर ‘पीरामिड’ आकार दिइन्छ। यो काम सधवा पुरुषले गर्छन्। उखुको जरामा समान संख्यामा माटोको ‘ढकना’ मा ठेकुवा, अदुवा, केला, पानीमा भिजाएको मटर, फर्सीको चानो, मुला, निबुआ, अरिपन चढाएर तथा माटोको दियो बालेर राखिन्छ। यी छठीमातालाई चढाइने मुख्य पूजन सामग्री हुन्। 

केन्द्रमा माटाको कलशमा पनि सोही सामान राखिन्छ। उखुको टुप्पा बा“धिएको ठाउँमा पनि तिनै सामग्री बा“धेर ‘च“दोवा’ झुण्ड्याइन्छ। कोसीको वरिपरि बसेर ब्रतालूका साथै घरका अन्य महिला पनि छठीमाताको अराधना गीत गाउने क्रम प्रायः रात्रिको तेश्रो प्रहरसम्म चल्छ। 

रात्रिको तेश्रो प्रहर मै ब्रतालू पवित्र भई कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन्। बिहान सिरसोप्ताको पूजा र छठीमाताका गीतपछि सूर्योदय हुनुभन्दा अगावै सम्पूर्ण ब्रतालू नदी वा पोखरीको पानीमा घुड़ासम्म हेलिएर पूर्वाभिमुख भई उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन्। सूर्योदयको साइतमा अघ्र्यदान दिई ब्रतालू घर फर्किन्छन्। (अघ्र्यदान मन्त्रः–नमः सावित्रे जगदेकचक्षुषे जगत्प्रसूतिस्थितिनाशहेतवे। 

त्रयीमयाय त्रिगुणत्मधारिणे विरञ्चिनारायणशड्ढरात्मने) फर्किने क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ, मान्यजन, गाई, इनार वा धारालाइ ढोगी, घरमा प्रवेश गरि छोराबुहारी तथा नातीनातिनीलाई छठीमाताको प्रसादस्वरुप टीका लगाई छठपूजाको उद्यापन भएर समाप्त हुन्छ।
    
‘छठ’ विशुद्धरुपमा ‘प्रकृती र पुरुष’को पूजा हो। सन्तान उत्पादन, रक्षण र आयुष्य संवद्र्धनको लागि दैवी कृपाको अपेक्षा यस ब्रतले गर्दछ। झट्ट हेर्दा यो सूर्यको पूजा झैं देखिए पनि पुराण अनुसार यो मूलप्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो। श्रीमद्देवीभागवतको नवम् स्कन्ध, छयालिसौं अध्याय चौथो श्लोक अनुसार  श्रीनारायण भन्नु हुन्छ– षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता। 

बालकानामधिष्ठात्री विष्णुमाया च बालदा।। अर्थात् मूल प्रकृतिको छैठौ अंशले जुन देवी आविर्भूत छिन्, उनी भगवती षष्ठी हुन्। यिनीलाई पुराणमा माया, सिद्धयोगिनी, स्वयंमुक्त, मुक्तिदायिनी, सारा, शारदा र षष्ठी देवीको रुपमा उल्लेख गरिएको पाइन्छ। शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः। मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः ( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं)। 

सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन्। भनिएको छ –प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः। पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु। अर्थात आफ्ना भक्तलाई प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यमा पूजा प्राप्त गर्ने अधिकारिणी, स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाई बारम्बार नमस्कार छ। षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पापबिलीन हुनुको साथै निःसन्तानले सन्तान प्रसव गर्ने योग्यता प्राप्त गर्न कृपा पाउँछन्। 

पौराणिक मान्यता अनुसार माता षष्ठी देवीको कृपाबाट गुणी, विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ। (सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते। वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम्। सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः।)
    
हे छठी माता! हाम्रो कामना पूर्ण गर्नुहोस्, हामी तथा हाम्रा सन्तानलाई सुख, शान्ति, आयुष्य र समृद्धिको आशिर्वाद दिनुहोस्। यस वर्षको करोना कालमा सकभर हामी भक्तजनले माता षष्ठी देवीलाई आफ्नो घर दैलोमा आमन्त्रित गरि उपरलिखित आशिर्वादको याचना गर्दै यस करोना महामारीबाट त्राण पाउन उनको चरणमा लम्पसार परौं, सम्भवतः यसका साथै उनी भविष्यमा कुनै पनि महामारीको त्राणकत्र्ताको रूपमा अवतरित पनि हुने हुन कि ! हे छठी माता...!

प्रकाशित मिति: : 2020-11-19 09:54:00

प्रतिकृया दिनुहोस्