राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको उल्लेख गरिएको छ।

No description available.

प्रकाशित मिति: : 2020-11-18 19:16:00

प्रतिकृया दिनुहोस्