सरकारले न डेडिकेटेड अस्पताल बनायो, न त रोकथाम गर्‍यो

थाहा खबर

काठमाडौँ
सांकेतिक तस्बिर

अतिन आचार्य

विश्वव्यापी महामारीको आकार लिएको कोरोना भाइरसबाट पहिलोपटक संक्रमित भेटिएको एक वर्ष पूरा भएको छ। सन् २०१९ सेप्टेम्बर १७ तारिखका दिन चीनकाे हुवेइ प्रान्तका ५५ वर्षीय व्यक्ति संक्रमित भएको चीनले जानकारी दिएको थियो। 

कोरोना महामारीको असरबारे ताजा तथ्याङ्क प्रविष्ट गरिरहेको अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा अहिलेसम्म ९१ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ७ सय ४२ संक्रमितको ज्यान गएको छ।

कोरोनाले समग्र मानव जीवनमा प्रभाव पारेको छ। विश्वभर हालसम्म कोभिड संक्रमणका कारण मृत्युवरण गर्नेको संख्या १३ लाख ३६ हजार ७ सय ९३ पुगिसकेको छ। ५ करोड ५५ लाख, ५२ हजार ५ सय ५ जना संक्रमित भइसकेका छन्‌। यसको प्रभावबाट कुनैपनि राष्ट्र अछुतो रहन सकेको छैनन्। विकसितदेखि अल्पविकसित मुलुकसम्म यो महामारीको चपेटामा फसेका छन्‌।

​​कोरोनाको पहिलो मामिला देखिएको १ वर्ष १ दिन बितिसक्दा पनि यस विरुद्धको औषधि बन्न सकेको छैन। विश्वका विभिन्न राष्ट्रले औषधि निर्माणका लागि प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-11-18 11:21:00

प्रतिकृया दिनुहोस्