चीनमा थपिए १५ कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हालसम्म चीनमा संक्रमितको संख्या ८६ हजार ३६१ रहेको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ। 

यस्तै ८१ हजार ३७४ संक्रमित निको भएका छन्। चीनमा सक्रिय संक्रमितको संख्या ३५३ रहेको छ।

विश्वमै कोरोनाबाट प्रभावित हुने राष्ट्रहरुमध्ये चीन ६४ औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-11-18 08:13:00

प्रतिकृया दिनुहोस्