कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ को बुकिङ खुल्ला

बिएल संवाददाता

काठमाडाै‌ं

कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ को बुकिङ खुल्ला गरिएकाे छ। 

प्रिमियम संस्करण मात्र प्रकाशन हुने भएपछि प्रकाशक बुकहिलले पाठकका लागि अग्रिम बुकिङ खुल्ला गरेकाे हाे।

६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले,  ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन्। 

सोमबारदेखि प्रिअर्डर खुल्ला गरिएको पुस्तक खरिद गर्न आगामी फागुन १ गतेसम्म अग्रिम बुकिङ गर्न सकिनेछ। 

उनकाे पुस्तक लिन पहिला नै रु २०२१  तिर्नुपर्ने छ। 

प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपालभित्र निःशुल्क र नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गरिने जनाइएकाे छ। 

प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन्। पुनः मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ। 


 

प्रकाशित मिति: : 2020-11-17 16:27:00

प्रतिकृया दिनुहोस्