खुल्लामञ्चमा खान खुवाउने अभियान्ता भन्छन्– लामबद्ध भएर बसेकालाई हेरिरहन सकेनाैं

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिका र अभियन्ताबीच मंसिर २ गतेदेखि खाना नखुवाउने सहमति भएपनि उल्लंघन गरिएको छ। 

केही दिन अगाडि काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउन अवरोध गरेको थियो। त्यसपछि महानगरपालिका र अभियन्ताबीच मंसिर २ गतेदेखि खाना नखुवाउने सहमति भएको थियो। 

तर हाम्रो टीम नेपालले खाना खुवाउने अभियान जारी राखेको छ। 

कोरोना महामारीका कारण रोजगारी गुमेकाहरूलाई विभिन्न संघ संस्थाले गत चैतदेखि नै निःशुल्क खाना खुवाउँदै आएका छन्। 

काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाउँदै आएका छन्। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाहरूले खाना खुवाउँदै आएका हुन्।

मजदूरहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए।

‘आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि पनि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि  खुलामञ्चमा नै खाना खुवाउन सुरु गरेका हौं,’ उनले भने।

प्रकाशित मिति: : 2020-11-17 13:15:00

प्रतिकृया दिनुहोस्