काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका २, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार २३ वर्षीय सुरेश लोहारलाई पक्राउ गरिएकाे हाे। लाेहार बालिकाकाे छिमेकी हुन्।
बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ।
सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएका थिए। उजुरी परेलगत्तै पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए।
लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।