बेलायती प्रधानमन्त्री पुनः आइसोलेसनमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन फेरि आइसोलेसनमा फर्किएका छन्। 

आफूसँग सम्पर्कमा भएका एक व्यक्ति कोरोना संक्रमित भएपछि उनले आफूलाई आइसोलेसनमा राखेका हुन्। 

आइतबार उनी ती व्यक्तिसँग भेटघाटमा थिए। प्रधानमन्त्री जोनसन यसअघि आफै संक्रमित बन्दा ३ दिन अस्पताल भर्ना भएका थिए।

उनले घरबाटै कार्यालयको काम सम्हाल्ने टेन डाउनिङ स्ट्रिटका प्रवक्ताले बताएका छन्। 

बेलायतमा हाल कोरोनाबाट १३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जसमा ५१ हजारभन्दा बढीको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-11-16 18:06:00

प्रतिकृया दिनुहोस्