लागूऔषधसहित तीन जना पक्राउ

पर्सा प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ गरेको छ। 

लागूऔषध चरेस र विनरेक्ससाहित वीरगञ्ज ३ छप्कैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव, वडा नम्बर ५ बस्ने २३ वर्षीय धिरज पटेल  र लागूऔषध विनरेक्ससहित वडा नम्बर १३ श्रीपूरका बिनोद गोप्तालाई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार श्रीवास्तव र पटेलको साथबाट ४ किलो ८ सय ९० ग्राम बरामद गरिएको छ।

यस्तै लागूऔषध विनरेक्ससहित वीरगञ्ज महानगरपालिका १३ श्रीपुर बस्ने बिनोद पटेललाइ पक्राउ परेका छन्।

बिस्कुटको कार्टुन भित्र लुकाएर भारतबाट ल्याउँदै गरेको अवस्थामा लागुऔषधसहित वीरगञ्ज महानगरपालिका २४ खल्वाटोल र्सिसियाबाट प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट प्रहरीले विनरेक्स ३० बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-16 17:53:00

प्रतिकृया दिनुहोस्