दशैं हाम्रो देशको सबैभन्दा ठूलो चाड हो भने तिहारलाई दोश्रो ठूलो चाड मानिन्छ। धार्मिक महत्व अनुसार दशैं शक्ति प्राप्तिका लागि मनाउने गरिन्छ। धनवृद्धि र समृद्धि प्राप्तिको लागि तिहार मनाउने चलन छ। दशैंको मुख्य अधिष्ठात्रीको रूपमा शक्तिस्वरूपा महाकालीको पूजन–अर्चन गरिन्छ भने तिहारमा धन, आयु र समृद्धि प्रदायनी महालक्ष्मीको पूजन–अर्चन गर्ने परम्परा छ। दशैंमा शक्तिस्वरूपा महाकालीको पूजन–अर्चन गर्नुको साथै आमोद–प्रमोद र रमाइलो गर्ने परम्परा पनि छ तथा तिहारमा भने पूर्ण सर–सफाईका साथै उमङ्गपूर्वक उल्लासका साथ महालक्ष्मी माताको पूजन–अर्चन गर्ने गरिन्छ।
दशैं सकिएलगत्तै तराई प्रदेशमा तिहारको (जसलाइ भोजपुरी भाषामा ‘सोहरइया’ भन्दछन्) तयारी सुरू हुन्छ। यस क्रममा सर्वप्रथम मधेशका औषतन मानिसको पूmस टाटीले बनेको घर, जुन विगत वर्षात्को कारण क्षत–विक्षत भइसकेको हुन्छ, तिनीहरूको मर्मत–सम्भार, लिपाई–छेवछाई तथा पोताई हुन्छ । घर वरीपरी उमे्रका अवाञ्छित खर पतवार सफा गरिन्छ । घरका झ्याल ढोकालाई धोईपुछि तेल दलेर सुग्घर बनाइन्छ। चौपाया गाई गोरूलाई पनि नुहाई दिएर सफा पारिन्छ। यस प्रकार आफ्नो उपयोगमा आएका सम्पूर्ण सामग्रीलाई बाह्याभ्यन्तर सफा र सुकिलो बनाइन्छ। बाह्याभ्यन्तर सूचिताले नै वाञ्छित समृद्धिको ओइरो लाग्छ भन्ने जनविश्वास छ।
धनकी देवी महालक्ष्मी माताको आह्वान गर्ने प्रमुख साधन पूर्ण सूचिता नै हो भनेर यस्तो कल्पना र कृत्य गरिने गरिएको हो कि जस्तो लाग्छ !
कार्तिक कृष्णपक्षको त्रयोदसी तिथिदेखि यमपञ्चकको थालनी हुन्छ। यमपञ्चकको पहिलो दिनलाइ धनतेरस भनिन्छ। समुन्द्र मन्थनबाट जुन कलशको साथमा भगवती लक्ष्मीजीको अवतरण भएको थियो, त्यसैको प्रतीक स्वरूप धन ऐश्वर्यको वृद्धिको कामनाबाट बर्तन आदि तथा सुन–चाँदी कित्रे परम्परा चलेको थियो।
धनतेरसको दिन त्यसै कारणले बर्तन–भाँडा तथा सुन चाँदीका गरगहनाको व्यापक व्यापार हुने गर्दछ । धनतेरस कै दिन बेलुका पख यमदियरी बालिन्छ । यमदियरी बाल्ने बेलामा जानकारले निम्नलिखित मन्त्रको वाचन गर्दछन्–मृत्युदण्डपाशाभ्यां कालेन श्यामयास त्रयोदश्यांदीपदानात् सूर्यजः प्रीयतां मम । यस दिनलाइ कागतिहार पनि भनिन्छ। चतुर्दशीको दिनलाई नरक चतुर्दशी भन्छन्। यस दिनलाइ कुकुर तिहार पनि भनिन्छ।
औंसीको दिन लक्ष्मीपूजा गर्ने चलन छ। कार्तिक शुक्लपक्ष परेवाको दिन गाई–गोरू पूजनको साथै भाइटिकाको दिन हुने गोवद्र्धन पूजाको लागि गाईको गोबरद्वारा निर्मित विभिन्न आकृतिको रचना गरि (भोजपुरी भाषामा ‘गोधन पारल) गोवद्र्धन पूजनको थालनी हुन्छ। द्विÞतिया तिथिको दिन गोवद्र्धन पूजा गरि भाइटिका मनाउने गरिन्छ। त्यसै दिनदेखि मधेशमा लगनको उठान हुन्छ तथा आफ्ना दाजुभाईलाई दिदीबहिनीले ‘बजड़ी’ खुवाएर भाइटिका पर्व मनाउने गर्छन तथा यमपञ्चक समाप्त हुन्छ।
तिहार ठूलो हर्षो–उल्लास पूर्वक मनाइने पर्व हो। प्रफुलित मनले मानिसले धन समृद्धिकी देवी महालक्ष्मीको पूजन–अर्चन गर्दछन्। यो हाम्रो परम्परा भएपनि हालका दिन तिहारमा केही उछृंखल विकृति पनि देखा पर्न थालेको देखिन्छ। पूजा नितान्त आस्थाको विषय हो, वैभव प्रदर्शनको अवसर पक्कै पनि होइन।
यसको विपरित कानुनले निषेधित गरेको विभित्र खाले पटाका, बमआदि अत्यधिक प्रज्जवलनशील बारूदी सामग्रीको प्रयोगमा होड चलेझैं देखिन्छ । प्रतिवर्ष यसका कैयन घातक असर पनि देखा परेका छन्, जसका कारण हर्षको बेला विस्मातको सामना गर्नु परेको छ। तर पनि यसका प्रयोगकत्र्ताको संख्या दिनानुदिन बढ़दो छ । यो नितान्त चिन्ताको विषय हो। तिहार जस्तो महान चाड मनाउने बेला सावधान हुन आवश्यक छ।
तिहारको अवसरमा जुवा, तास खेल्ने प्रवृति पनि अर्को सामाजिक विकृति हो । हिन्दी भाषामा एउटा उखान नै छ– ‘जुवा किसीका न हुवा’ अर्थात् जुवा कसैको पनि हुदैन। जुवामा हार्नेको आर्थिक क्षति त हुन्छ नै, जित्नेको पनि इच्छा अझै जित्नेछु भनेर चिताउदा चिताउदै अन्तमा हार नै हात लाग्दछ । जुवाका कैयन दुष्परिणाम पनि देखा पर्ने गर्दछ । जुवा कै कारण नल–दमयन्तीको कन्तवियोग भएको कथा पुराणमा वर्णित छ । अझै जुवा कै कारण महाभारतको विनाशकारी युद्ध पनि भएको कुरा हामीले बिर्सनु हुदैन, जसमा भएको महाविनाशले तात्कालीन युगको रूप नै फेरिएको थियो । यस्ता कुरीतिबाट हामी टाढै रहनु पर्दछ । तिहार वास्तवमा ‘तमसोमा ज्योतिर्गम्य...’ अर्थात् अध्यारोमा ज्योति पु¥याउने पर्व हो । अध्यारोमा अध्यारो थप्ने पर्व निश्चिततः होइन । दिपावलीको शूभकामनाको क्रममा निम्न श्लोक जनमानसकोलागि प्रस्तुत छ–त्वं ज्योतिस्त्वं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः । सर्वेषां जयोतिषां ज्योतिर्दीवाल्यै नमो नमः ।।