‘छ जिमी हेरा रे’को म्युजिक भिडियो सार्वजनिक

समाजसेवी तथा गुठी विधेयकविरूद्वको आन्दोलनका युवा अभियान्ता निरज बाडे अभिनित ‘छ जिमी हेरा रे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

दक्षिण एसियाली (सार्क) स्तरिय रोवर्ट प्रतियोगितामा राष्ट्रलाई पदक दिलाउन सफल युवाको कथामा आधारित नेवारी गीतमा पवित्रा कास्सले स्वर दिएका छन्। गीतमा बाडेका अलवा किशोर चिपालु र सृष्टि महर्जनको अभिनय रहेको छ।

शैलेस शाक्यको संगीत रहको गीतमा गोविन्द ह्यामतको शब्द रहेको छ। 

रामकृष्ण खड्कीको निर्देशन रहेको भिडियोमा लुज्वा सिंहको सिनेमाटोग्राफी र बालकृष्ण बंशीको सम्पादन रहेको छ।

प्रकाशित मिति: : 2020-11-14 21:33:00

प्रतिकृया दिनुहोस्