लिभरपुलका फरवर्ड मोहम्मद साहललाई कोरोना भाइरस संक्रमण भएकाे छ।
इजिप्टको फुटबल एसोसिएसन (इएफए) ले शुक्रबार वक्तव्य जारी उनलाई संक्रमण भएकाे पुष्टी गरेकाे हाे।
उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो।
उनी अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका छन्।
२८ वर्षका साहलमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएकाे वक्तव्यमा जनाइएकाे छ।
सालह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउदाे दुई खेल गुमाउने भएका छन्।
इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन।
इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनाेट चरणमा शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ।