ललितपुरकाे बालकुमारीमा भीषण आगलागी

ललितपुरकाे बालकुमारीमा भीषण आगलागी भएको छ। 

फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो। 

आगलागीको कारण खुल्न सकेको छैन। 

आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए।

त्यस्तै काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको छ।

‘खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको हो। निभाउने प्रयास भइरहेको छ,’ उनले भने। 

आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2020-11-13 13:30:00

प्रतिकृया दिनुहोस्