ओलम्पिकको बजेट अब ७० अर्ब ४६ करोड, नेपालको बजेटमा पनि बृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले कोरोनाका कारण ओलम्पिक खेलको तयारीका लागि खेलाडीलाई प्रदान गर्ने बजेटमा २४ प्रतिशत रकम बृद्धि गरेको छ। 

आइओसीको यो निर्णयसँगै नेपाललगायत सबै देशका खेलाडीले तयारीका लागि मोटो रकम प्राप्त गर्नेछन्। 

आइओसीको हालै बसेको कार्यकारी समितिको बैठकले यसको निर्णय गरेको हो। ओलम्पिक अध्यक्ष थोमस बाकले यसको पुष्टी गर्दै भनेका छन्, ‘कोरोनाका कारण प्रायः सबै देशले आर्थिक समस्याबाट गुज्रिनु परेको छ। यसैकारण सबै देशमा खेलकुद गतिविधिलाई सक्रिय पार्न यस्तो कदम उठाइएको हो।’

आइओसीले दिएको जानकारी अनुसार २०२१–२०२४ सम्मको बजेट १६ प्रतिशतले बृद्धि गरिएको छ। खेलाडी सहयोग कार्यक्रमअन्तर्गतको बजेटमा २५ प्रतिशत बृद्धि भएको छ। 

आइओसीको कार्यकारी समितिको बैठकपछि २०२१–२४ बीच ओलम्पिक तयारीका लागि ५ सय ९० मिलियन डलर अर्थात ७० अर्ब ४६ करोड रुपैयाँको हाराहारीमा बजेट अनुमोदन गरेको छ। 

बजेट अनुमोदन गर्नुको कारण विभिन्न देशको ओलम्पिक कमिटी, खेलाडी र महाद्धिपमा खेलको प्रबद्र्धन गर्ने तथा ओलम्पिकको तयारीमा खर्च गर्ने बताइएको छ। 

यसअघि २०१७–१९ को बीच ओलम्पिकको कूल बजेट ६० अर्ब ८२ करोडको हाराहारीमा थियो। आइओसी अध्यक्ष बाकले प्रत्येक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर अर्थात ५ करोड ९७ लाख रुपैयाँको हाराहारीमा बजेट बिनियोजन भएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-13 09:14:00

प्रतिकृया दिनुहोस्