बाइडेनको पहिलो भाषण जब चीनमा भाइरल बन्यो

नेपाल खबर

काठमाडौं

सामान्यतः चिनियाँ नागरिक अमेरिकाको चुनावमा चासो राख्दैनन्। अमेरिका मात्र होइन, कुनै पनि देशको निर्वाचनप्रति उनीहरूलाई मतलब हुँदैन। अमेरिकामा जो राष्ट्रपति भए पनि उसले चीनप्रतिको नीतिमा खासै परिवर्तन नगर्ने भएकाले अमेरिकामा हुने चुनाव चिनियाँका लागि चासोको विषय नबन्नु स्वाभाविक पनि हो। तर यसपटकको निर्वाचन भने अपवाद बनेको छ।

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम गरिएको ५० वर्षमा दुई देशबीचको सम्बन्ध सबैभन्दा तल्लो बिन्दुमा ओर्लिएको छ। चिनियाँ सामानमा अमेरिकाले गरेको भन्सार वृद्धि र चिनियाँ नागरकिप्रति गरिरहेको भेदभाव तथा लगाइरहेको लाञ्छनाका कारण चीनले आफूलाई पीडित ठानेको छ। विश्वव्यापी रूपमा लोकप्रिय चिनियाँ प्रविधि रोक्न अमेरिकाले अन्य मुलुकलाई समेत दबाब दिइरहेको छ। चिनियाँ व्यवसायीलाई विदेश गएका बेला धरपकड गर्ने र झुटा मुद्दा लगाउने अमेरिकाको छलकपटले पनि चीनलाई हैरान बनाएको छ।सुनिने होइन, देखिने कूटनीति अपनाइरहेको चीनले पछिल्लो सयम बाध्य भएर अमेरिकाको प्रतिवाद गर्न थालेको छ। अमेरिकाकै कारण अब चिनियाँ कूटनीति सुनिने पनि हुन थालेको हो। चीनले विश्वका सबैसँग भाइचारा सम्बन्ध स्थापना गर्दै सहकार्य गर्ने नीति लिएको छ। साझा हित र साझा जित चीनको नारा हो। चीनको यो अभियानमा सबैभन्दा ठूलो चुनौती पनि अमेरिका नै बनेको छ।

प्रकाशित मिति: : 2020-11-13 09:15:00

प्रतिकृया दिनुहोस्