नेकपा सचिवालय बैठक आज बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ।

पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले आज अपरान्ह चार बजेका लागि सचिवालय बैठक डाकेका हुन्।

यसअघि पार्टीको पुष्पकमल दाहाल– माधव नेपाल समूहका पाँचजना सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।

प्रचण्ड–नेपाल समूहले बिहीबार बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो।

तर महासचिव पौडेलले दुवै अध्यक्षसँगको परामर्शका आधारमा बैठक बोलाउन सहमत भएका हुन्।

प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि ठोस रणनीतिबारे गर्न पार्टी प्रचण्डसहितका नेताहरुले बिहिबार खुमलटारमा छलफल गरेका छन्।

उनले ओलीविरुद्ध उत्रिएका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका थिए।

प्रकाशित मिति: : 2020-11-13 08:54:00

प्रतिकृया दिनुहोस्