कार्डी बी फेरि बिबादमा

बिएल संवाददाता

न्यूयाेर्क

व्यक्तिगत तथा व्यवसायिक जीवनमा सधैं विवादमा रहने अमेरिकी र्.यापर कार्डी बी फेरि अर्को बिबादमा मुछिएकी छिन्। 

एउटा जुत्ता कम्पनीको प्रबद्र्धनको लागि प्रकाशन गरेको तस्वीर उनलाई हिन्दु देबी दुर्गाको रुपमा दर्साइएको छ। 

स्नीकर ब्र्याण्डको जुत्ताको बिज्ञापनमा कार्डीलाई आठ हातमा रातो रङ्गको जुत्ता समातेको योद्धा स्त्रीको रुपमा दर्साइएको हो। 

यो तस्वीरको प्रकाशनपछि हिन्दु धर्मालम्बीले विरोध जनाएका छन्। तर, कम्पनीले तस्वीर कुनै धर्मलाई अपमान गर्न नभई श्रद्धाभावले सेयर गरेको बताएको छ ।

प्रकाशित मिति: : 2020-11-12 08:01:00

प्रतिकृया दिनुहोस्