बुधबार, ०६ अगस्ट २०२५

आदित्य नारायणको भनाई– बुवाको कारण मेरो गायन क्षेत्र प्रभावित

News Image
• • •

उदित नारायण झाका छोरा आदित्यले बुवाको कारण आफ्नो गायन क्षेत्र प्रभावित भएको बताएका छन्। उनले बुवा चर्चित हुनुु नै आफ्नो लागि समस्या बनेको दावी गरेका छन्। 

भारतीय सिनेमामा हाल चलिरहेको नातावाद र कृपावादको मुद्धामा पहिलो पल्ट बोल्दै आदित्यले भने, ‘यदि म लोकप्रिय गायक उदित नारायणको छोरा नभएको भए मानिसहरूले मेरो गायनलाई पनि गम्भीरताका साथ लिने गर्थे।’

उनले संगीत क्षेत्रमा स्थापित हुन आफूले निकै संघर्ष गरेको तर बुवाको नामका कारण प्रभाव परेको बताए। ‘मेरो बुवा देशको चर्चित संगीतकार नभएको भए मलाई कुनै लक्ष्यमा पुुग्न सहज हुने थियो।’

उनले यदी तपाईको अभिभावक कुुशल क्रिकेटर, अभिनेता, इन्जिनियर, डाक्टर भए छोराछोरीलाई सफलता पाउन निकै कठिन हुुने बताए। ‘सबैभन्दा पहिले कसैले मलाई विशेषाधिकार प्राप्त छ भन्छ भने म उसलाई अर्को जन्ममा सफल मान्छेको घरमा जन्मिने प्रार्थना गर्छुु। यसपछि थाहा हुनेछ सफल मानिसको छोराछोरी हुँदा कतिको दबाब पर्छ भनेर।’

उनले कला क्षेत्रमा यही परिवारभित्रको मान्छे होस् कि बाहिरको, त्यसले खासै महत्व नराख्ने बताएका छन्। उनले यसका लागि मानिसमा क्षमता हुनुुपर्ने बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!