त्रिभुवन विश्वविद्यालय अन्तरर्गत आंगीक क्याम्पसको रुपमा ३३ सालमा सार्वजनिक प्रशासनमा स्नातकतहको पठनपाठन गर्नेगरी स्थापना भएको जनप्रशासन क्याम्पसले ३६ सालदेखि स्नातकोत्तर तहको (एम.पि.ए कार्यक्रम) पठनपाठन तथा अनुसन्धानकार्य गरि आएको छ ।
४३ सालमा जनप्रशासन केन्द्रीय विभागको स्थापना भएको हो । विभागको स्थापना कालदेखिनै हालसम्म भवन र लेखा प्रमुख, प्रशासन लगायतका कर्मचारी नरहेको अवस्थामा छ ।
तर ६८ सालदेखि विभागले एम.फिल कार्यक्रम र विदेशिक प्रोजेक्ट संचालन गर्दै आएको छ ।
विभाग अलग बजेटरी निकाय हो । तर विभागका अधिकांश कार्यहरु क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको अतिरिक्त कार्यबाट संचालन भइरहेको छ ।
व्यवस्थापन संकायअन्तरर्गत रही यस क्याम्पसले २०७१ सालसम्म वार्षिक प्रणालिमा आधारित रहेर २ वर्षे एम.पि.ए शैक्षिक कार्यक्रम संचालन गर्दै आइरहेकोमा शैक्षिक सत्र २०७१/२०७२ देखि त्रिविले कीर्तिपुरस्थित केन्द्रीय विभागहरुमा सेमेष्टर प्रणाली अवलम्बन गरेपछि यस क्याम्पसले पनि सोहि नितिअनुरुप सेमेष्टर प्रणालीमा आधारित म.पि.ए शैक्षिककार्यक्रम संचालन गर्दै आइरहेको छ ।
एम.पि.ए कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत सार्वजनिक प्रशासनको अध्ययन अनुसन्धानको शैक्षिक गुणस्तर वृद्धि गर्ने महत्वपूर्ण अवसर भएकोले हाल क्याम्पसमा संञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरुको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर उपलव्ध भौतिक तथा मानवीय श्रोतसाधनलाई उच्चतम रुपमा सदुपयोग गर्ने र श्रोत साधनहरुको संख्यात्मक तथा गुणात्मक वृद्धि गर्नेतर्फ अग्रसर छ ।
सार्वजनिक प्रशासनको अध्ययनलाई थप बिस्तार गर्ने उद्देश्यले ७० देखि ४ वर्षे स्नातकतहको सेमेष्टरमाआधारित बि.पि.ए शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
यसरी हरेक क्षेत्रका लागिआवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विभिन्न आङगिक क्याम्पसहरु मध्य जन प्रशासन विधाका लागि उत्कृष्ठ क्याम्पस हो जनप्रशासन क्याम्पस ।
३३ सालमा शंकरदेव क्याम्पसको एउटा कोठामा संचालित कार्यक्रम, डिल्ली बजार, त्रिपुरेश्वर हुँदै जमलसम्म भाडा र अर्काको भवनमा कार्यक्रम संचालन भएका थिए ।
स्थापना कालको साढे ३ दशकसम्म यस क्याम्पसको भवनमात्र नभएको होइन एकमात्र एम.पि.ए कार्यक्रम संचालनमा थियो ।
वर्तमान अवस्थामा यस क्याम्पसको सुविधा सम्पन्न २ वटा ठूला भवन र ४ वटा साना टहरासमेत निर्माण भइ कार्यक्रम संचालन भइरहेको छ ।
भौतिक संरचनामात्र नभई कार्यक्रमहरु प्निवि.पि.ए, एम.पि.ए हुँदै एम.फिलसम्मको अध्ययन हुँदै आइरहेको छ ।
वर्तमान यस अन्तिम दशकमा क्याम्पस स्वायततामा समेत गइसकेको छ । विगतका साढे तीन दशकमा ठाउँठाउँमा विरालोले बच्चा सारेझै सरिरहने जन प्रशासन हाल अन्य त्रिविका कार्यक्रमसमेत चलाउ सफल भएको छ ।
जस्तै गणित विज्ञान र जेन्डर का कार्यक्रमहरु संचालन भइरहेका छन् । त्यसै गरि जनप्रशासनको वि.पि.ए र एम.पि.ए कार्यक्रम पोखरा, विराटनगर र नेपालगञ्जसमेत संचालन भइरहेका छन् ।
क्याम्पस स्वायततामा प्रवेश गरिसकेकोले संचालक समिति र विभिन्न कार्यविधिहरु निमार्ण भइरहेका छन् ।
यसरी साढे तिनदशक सुतेर बसेको जनप्रशासन हालका दशकमा आएर भौतिक र शैक्षिक फड्को मार्दा सबैतर्फबाट हौसला प्रदान गर्नु पर्नेमा केही छिटफुट नकारात्मक मुद्धासमेत उठान भएका छन् ।
यस जनप्रशासन केन्द्रीय विभाग र जनप्रशासन क्याम्पसमा गुणस्तरीय शिक्षाकालागि प्रमुख हरिभक्त शाहीले विभागमा कार्यरत सबै विद्यार्थी संगठन, कर्मचारी तथा प्राध्यापकहरुसँगको संयुक्त छलफल, संवाद तथा सहकार्यको आधारमा सहभागितामूलक पद्धतिवाट कार्य गर्दै आइरहेका छन्।
यसरी विभाग र क्याम्पसको सर्वाङ्गीण विकासका लागि एकदमै लचिलो र मिहिनेत ढङगले कार्य सञ्चालन गर्दै आएको विभिन्न समयमा भएका वार्ता तथा संवादका दस्तावेज समेतले प्रमाणित गर्दछ ।
हरिभक्त शाही सहायक क्याम्पस प्रमुख हुँदा देखिनै अनव्रत रुपमा क्याम्पसको विकासको लागि खटिएका छन्।
जनप्रशासन क्याम्पसको इतिहासमै नयाँनयाँ कार्यक्रम गरिरहेका छन्। प्रधानमन्त्रीद्वारा भवन उद्घाटन, उपप्रधानमन्त्रि तथा शिक्षामन्त्रिद्वारा प्रशासनिक भवन शिलन्यास, निमार्ण र आफ्नै पालामा नयाँ प्रशासनिक भवनबाट कार्य संचालन, लाइवेरी आधुनिकीकरण, अनलाइन कक्षा संचालन, त्रिविबाट अनुमनि लिई कर्मचारी थप, स्वयतत्ताको नियमअनुसार कार्य विधिहरु निमार्ण क्याम्पसको आय स्रोतमा वृद्धि, नेपाल सरकारका विशिष्ट व्यक्तिहरुबाट शुक्रबार बिज्ञ कक्षहरु संचालन जस्ता दर्जनौ उदाहरणीय कार्य क्याम्पस प्रमुख शाहीको पालामा भइरहेका छन् ।