EXCLUSIVE: अर्बौं राजस्व छली, मधेशमा ‘मुर्गा’ खोज्दै दलाल

पर्दाफास

काठमाडाैं

पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने । 

शक्ति पासवानको नजिक गाउँ चैनपुरका मनोजप्रसाद पटेलसँग चिनजान थियो । उनले भरोस जागिरको खोजीमा रहेको उनलाई बताए । 

भरोस त्यो दिन घरमै थिए । उनलाई सन्चो थिएन । ज्वरो आएर आराम गरिरहेका उनलाई मनोजप्रसादले फोन गरे । मनोजप्रसादले उनलाई काठमाडौंमा एउटा कम्पनी सञ्चालनमा आउन लागेको र त्यहाँ जागिर खुलेको बताए । भरोसले आफु सामान्य लेखपढ गर्न सक्ने भएकाले कम्पनीमा काम गर्न नसक्ने बताए ।

मनोजप्रसादले उनलाई जागिर सजिलो भएको र कम्पनीका मालिकले विश्वासिलो मान्छेको खोजी गरिरहेकाले तिम्रो नाम सिफारिस गरेको भन्दै फकाए । उनले भरोसलाई नागरिकता र फोटो लिएर भेटना बोलाए । 
‘मसँग फोटो समेत थिइन, उनीहरु आफैले खिच्ने बताए,’ भरोसले पर्दाफाससँग भने,’ उनीहरुले जागिर र राम्रो तलबको बाचा गरेपछि म तयार भए ।’ 
मनोजप्रसादले भरोसलाई परसौनीका अजयप्रसाद हलखोरका लिएर गए । यो समुह अब काठमाडौं आउन तयार थियो । भरोसको फोटो खिचियो । उनको नागरिकता अब अजयप्रसादको कब्जामा थियो । अजयप्रसाद बेलाबेलामा भरोसलाई नयाँ खुल्ने कम्पनी र त्यसले भरोसको जीवनमा ल्याउने परिवर्तनका सुन्दर कथाहरु सुनाउदै थिए । 
पहिलो पटक काठमाडौं आएका भरोसले अजयप्रसादले जहाँ–जहाँ लैजान्छन् त्यहाँ जान्थे । जहाँ ल्याप्चे लगाउन भन्यो त्यहाँ ल्याप्चे लाउथे । उनी विश्वस्त थिए । गाउँघरकै दाई हुन्, मेरै लागि सबै गरेका हुन् । 

प्रकाशित मिति: : 2020-11-10 17:17:00

प्रतिकृया दिनुहोस्