राप्रपाका अध्यक्ष राणाले दिए अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो वाइडेनलाई बधाई

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो वाइडेनको कार्यकालमा नेपाल र अमेरिका बीचको दौत्य सम्बन्ध थप उचाई लिने विश्वास व्यक्त गरेका छन् ।

राप्रपाका अध्यक्ष राणाले चिरस्मरणीय राष्ट्रपति निर्वाचन सम्पन्न भएको सन्दर्भमा अमेरिकी जनतालाई शान्ति र समृद्धिको शुभकामना दिएका छन् । निर्वाचनको क्रममा जो वाइडेन राष्ट्रपति र कमला ह्यारीस उपराष्ट्रपति निर्वाचित भएका छन् ।

राप्रपा अध्यक्ष राणाले भने, ‘पुनः अर्को चिरस्मरणीय निर्वाचनका लागि अमेरिकी जनतालाई शान्ति, समृद्धि र हार्दिक शुभकामना । जो वाइडेन र कमला ह्यारीस ४६ औं राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई शुभकामना ।’

राणाले ट्वीट गर्दै भने, ‘मलाई आशा र विश्वास छ, उहाँहरूको भूमिकाले नेपाल–अमेरिकी दौत्य सम्बन्धले थप उचाई ग्रहण गर्नेछ ।’
 

प्रकाशित मिति: : 2020-11-09 16:31:00

प्रतिकृया दिनुहोस्