रौतहटमा २५ दिने लामाे निषेधाज्ञा लागू

रौतहट जिल्लामा २५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सुचना जारी गरि शुक्रबार २१ गते राति १२ बजेदेखि अगामी मंसिर १७ गतेसम्म जिल्ला भरिमा निषेधाज्ञा जारी  गरेकाे हाे। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राख्दै दिपावली तथा चाडबाडको बेलामा हुन सक्ने भिडभाड नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिए।

उनले  जिल्लाका सबै स्थानीय तह,राजिनितीक क्षेत्र,उधोग ब्यापार,समाजिक संघसंस्था,आम नागरिक तथा सरोकार वालालाई निषेधाज्ञाको शर्त पालना गर्न/ गराउन आग्रह गरेका छन्। 

यसैगरि निषेधाज्ञा अवधि भरि बढी भिडभाड हुने उधोग कल कारखाना, ब्यावसाय, निर्माण इत्यादी कार्य गर्नमा समेत प्रतिबन्ध लगाइएको छ।

प्रजिअ यादवले चाडबाड तथा बागमति नदिमा लाग्ने मेलामा भिडभाड नगरि घरमै मनाउनसमेत अनुरोध गरेको छन्। 

यस्तै निषेधाज्ञाको समयमा सार्बजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजनामा रोक लगाइएको छ।

जात्रा महोत्सव सभा सम्मेलन जुलुस प्रदर्शन गर्नमा समेत निषेधाज्ञा अवधि भरि प्रतिबन्ध लगाइएको छ। सिनेमा हल,मनोरञ्जन स्थल,सैलुन,ब्युटि पार्लर,जिमखाना,स्विमिङ पुल ईत्यादि सञ्चालनमा समेत रोक लगाइएको छ।

मठ मन्दिर गुम्बा,चर्च लगायत धार्मिक सांस्कृतिक तथा समाजिक कार्यको लागि हुने जमघटमा समेत प्रतिबन्ध लगाइएकाे छ।

प्रकाशित मिति: : 2020-11-06 19:34:00

प्रतिकृया दिनुहोस्