
जहाँ पुनम पाण्डे हुन्छिन्, त्यहाँ विवाद नहुने कुरै भएन।
केही दिनअघि आफ्नो श्रीमानलाई कुटपिटको आरोप लगाएर चर्चामा आएकी मोडल तथा अभिनेत्री पुनम पाण्डे फेरि विवादमा फसेकी छिन्।
उनीविरूद्ध गोवा फर्वाड पार्टीको महिला शाखाले अश्लिलता पस्केको भन्दै मुद्धा दायर गरेको छ।
पुनमले हालै गोवामा एउटा अश्लिल भिडियोको सुटिङ गरेकी थिइन। उनको भिडियो खिच्ने अपरिचित व्यक्तिमाथि पनि मुद्धा परेको छ। पुनमले गोवाको चापोली ड्याममा अश्लिल भिडियो सुट गरेको आरोप छ।
पुनममाथि लागेको आरोप पत्रमा भनिएको छ, ‘पुनमले गोवाका महिलाहरूको छवी बिगार्ने काम गरेकी छिन्। उनले गोवाको संस्कृति बोकेको कानाकोनामा पुगे पोर्न भिडियो तयार पारेकी छिन्। यो हाम्रो धर्म संस्कृतिमाथि नै आक्रमण हो।’
पुनमले केही समयअघि आफ्नो श्रीमान श्याम बम्बेमाथि बिहेको दिन कुटपीट गरेको आरोप लगाएकी थिइन।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया