मिरा नायरका छोरा न्युयोर्क स्टेट एसेम्बलीमा निर्वाचित

हलिउडकी चर्चित भारतीय निर्देशक मिरा नायरको छोरा जोहरान ममदानीले न्युयोर्क स्टेट एसेम्बलीको सिट जितेका छन्। 

जोहरान न्युयोर्कको ३६औँ एसेम्बली जिल्ला एस्टोरिया (क्विन्सको छिमेकी) बाट प्रतिनिधित्व गर्ने गरि निर्विरोध निर्वाचित भएका हुन्। आफ्नो जितलाई लिएर ममदानीले ट्वीट गरेका छन्, ‘हामीले जित्यौं। म समाजवादी न्युयोर्कको निर्माणका लागि अल्बानी जाँदैछु।’

जोहरानको जन्म युगान्डाको कम्पालामा भएको थियो। उनी सात वर्षको हुँदा परिवार न्युयोर्क सरेको थियो। 

उनको अध्ययन न्युयोर्कमै भएको हो। जोहरान सामाजिक कार्यकर्ता पनि हुन्। २८ वर्षीय जोहरानले र्‍याप भिडियो पनि बनाएका छन्।

प्रकाशित मिति: : 2020-11-04 21:11:00

प्रतिकृया दिनुहोस्