सर्लाहीबाट करिब ११ क्वीन्टल विस्फोटक पदार्थ बरामद

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सीमावर्ती बलरा नाका हुँदै भारतबाट नेपालतर्फ लुकाईछिपाई ल्याउँदै गरेको ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको छ।

बलरा नाका हुँदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख सन्ताेषसिंह राठाैर नेतृत्वकाे टाेलीले तिहारका लागि तस्करी भइरहेकाे विस्फाेटक पदार्थ बरामद गरेकाे हाे । 

दिपावली तथा छठ पर्वलाई लक्षित गरि ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको १० क्वीन्टल ८८ किलो बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रहरीले विस्फोटक पदार्थ ओसारपसारमा प्रयोग गरिएको ज १ त २१७९ नम्बरको ट्याक्टरमा समेत नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरामद गरिएको बिस्फोट पदार्थहरुमा राधाचक्र, अठईसा, झिरझिरे, र नागिन लागयतका पटका छन् । प्रहरीले विस्फोटक पदार्थ नियन्त्रणमा लिन अघि ट्याक्टर चालक फरार भएका थिए ।

विस्फोटक पदार्थ ल्याउने कार्यमा संलग्न चालकलाई खोजी कार्य भइरहेको छ । चालक फरार भएपनि यातायात कार्यालयबाट सबारी धनी पत्ता लगाउने कार्य भईरहेकाले चालक र तस्कर चाडै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-11-04 09:30:00

प्रतिकृया दिनुहोस्