
मुम्बईको बाटोमा चक्कु प्रहारबाट अस्पताल भर्ना भएकी टिभी तथा दक्षिण भारतकी अभिनेत्री मालवी मल्होत्राले ‘सेल्फ डिफेन्स’ को अभ्यास गर्ने बताएकी छिन्।
मालवीको भर्खरै मुम्बईको अस्पतालमा प्लास्टिक सर्जरी भएको थियो र उनी स्वास्थ्य लाभ गरेर घर फर्किसकेकी छिन्।
प्रेम स्वीकार नगरेको भन्दै उनको साथी योगेश कुमार महिपाल सिंहले उनको पेटमा चक्कु प्रहार गरेका थिए। महिपाललाई वर्सोवा पुलिसले पक्राउ गरिसकेको छ।
उनले बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘डर त लागेको छ। तर, कति डराएर बाच्ने। अब साहसी हुने बेला भएको छ। मेरो बुवाले मलाई सेल्फ डिफेन्स सिक्न सल्लाह दिनुभएको छ। म अब शारीरिक रूपमा पनि बलियो हुन चाहन्छु।’
उनले आफ्नो शरीरमा चक्कु प्रहार भएपनि महत्वपूर्ण अंकमा कुनै समस्या नभएको बताइन्। पूर्ण रूपमा बिसेक हुन उनलाई दुई महिना लाग्ने अस्पतालले बताएको छ।
पेटमा हानिएको चक्कु रोक्ने प्रयास गर्दा उनको औला पनि काटिएको थियो। औला जोड्न चिकित्सकले दुईवटा अपरेशन गर्नुपरेको थियो।
हिमाचलकी स्थायीवासिन्दा मालवीले तमिल, तेलुगु र हिन्दी फिल्ममा काम गरिसकेकी छिन्। उनले टिभी शृंखला ‘उडान’ मा पनि काम गरेकी थिइन।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया